×

NMB BANK
NIC ASIA

बुद्धका उपदेश पालनाले दीगो शान्ति कायम गर्न सकिन्छ : राष्ट्रपति भण्डारी

मंसिर १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको सन्देशअनुसार सामूहिकता र मानवप्रेमको भावना जागृत गराउन सके मात्र समाजमा दीगो शान्ति कायम गर्न सकिने बताएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव तथा केन्द्रीय पुस्तकालय भवनको बिहीवार लुम्बिनीमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको ज्ञान र शिक्षाको उपयोगबाट नै विद्यमान तीव्र स्वार्थ र द्वन्द्व निवारण गर्दै दीगो शान्ति कायम गर्न सकिने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारीले मौलिक रूपमा विकास भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालयदेखि उच्च तहसम्म समावेश गर्दै समयसापेक्ष बनाउन आग्रह गरिन् । 


Advertisment
Nabil box
Kumari

दीगो संरक्षण र संवद्र्धनका लागि लुम्बिनी गुरुयोजनाको काम सम्पन्न गर्नुपर्ने भन्दै लुम्बिनी गुरुयोजना सम्पन्नपछि लुम्बिनी सांस्कृतिक शहरको रूपमा विकास हुने र मुलुककै अर्थतन्त्रमा टेवा पुग्ने भएकाले गुरुयोजना निर्माणमा भइरहेको ढिलाइको कारण खोजी गरी समाधान गर्न राष्ट्रपति भण्डारीले आग्रह गरिन् ।

Vianet communication
Laxmi Bank

बुद्धका कालजयी उपदेश र शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न नेपालकै सबै विश्वविद्यालयलाई राष्ट्रपतिको सुझाव छ । बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्न अंगको रूपमा जोडिएको भन्दै भण्डारीले मानवताको लागि बुद्धद्वारा प्रतिपादित दर्शन र ज्ञान र विचारले सम्पूर्ण जगतकै शान्तिका लागि लागि मार्गदर्शन गरेको बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुद्धदर्शन नेपालकै माटोमा उब्जिएको दर्शन भएकाले नेपालीहरू बुद्ध दर्शनमा जानकार हुनुपर्ने बताए । उनले बुद्धले प्राणी जगतमाथिकै दमन, शोषण र विभेदविरुद्ध ज्ञान बाँड्दै हिँडे पनि बुद्ध जन्मिएकै भूमिका कैयांै ठाउँहरूमा अझैपनि दमन, शोषण र विभेदमा मानिसहरू बाँच्न बाध्य भएका बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बौद्ध विश्वविद्यालय विश्वकै उत्कृष्ट बन्ने भन्दै त्यसका लागि प्रयत्न जारी रहीरहेको बताए । सहकूलपति समेत रहेका पौडेलले विश्वविद्यालय स्थापनाको मूलभूत उद्देश्य तथा विश्वविद्यालयको ऐनको मर्म बमोजिम बौद्ध परम्परासँग सामञ्जस्य हुनुपर्ने बताए ।

पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनीको गुरुयोजनाका लागि बजेट व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । आफू अर्थमन्त्री रहेकै वखत यसअघिको सरकारले ७ अर्ब ३३ करोड बजेट विनियोजन गरेको उल्लेख गर्दै पौडेलले लुम्बिनी गुरुयोजनाको बाँकी रहेको कामका लागि आवश्यक सबै बजेट उपलब्ध गराउन आग्रह गरे ।

संसारका गुरुयोजनामध्ये लुम्बिनी गुरुयोजना सबैभन्दा उत्कृष्ट भएको उल्लेख गर्दै उनले गुरुयोजना सम्पन्न हुँदा लुम्बिनीको मात्र नभई मुलुकको समृद्धिका लागि साधक बन्ने बताए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगकका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदी, बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, रजिस्ट्रार डा. तिलकराम आचार्य, अनुसन्धान निर्देशक प्रा.डा गितु गिरी, निमित्त परीक्षा नियन्त्रक इन्द्र काफ्ले लगायतले बोलेका थिए ।

राष्ट्रपति भण्डारीले विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको उद्घाटन गरिन् । पुस्तकालय करीव ९ करोड २० लाख रुपैयाँ लागतमा निर्माण भएको हो । सो अवसरमा राष्ट्रपतिले बौद्ध ग्रन्थहरू बुद्धवंश, इतिबुत्तक, अशोक वदान, बुद्ध र ब्रम्ह, सिद्धार्थ चरित्रम्को अनुवाद पुस्तक लोकार्पण गरिन् ।

२०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले १६ वर्ष पूरा गरेको छ । विश्वविद्यालयमा अहिले करीब १ हजार २०० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

पुस ११, २०८०

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x