
नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठित ‘स्वास्थ्य समिति’लाई बिहीवार पूर्णता दिएको छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको गत कात्तिक २८ गतेको बैठकले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा केन्द्रीय सदस्यहरू देवेन्द्रराज कंडेल, मंगलप्रसाद थारु, विष्णुविक्रम थापा, डा. टीएन योगी सदस्य रहेका पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।
समितिको सदस्यमा डा. लोचन कार्की, डा. बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा. अञ्जनीकुमार झा, डा. केदारनरसिंह केसी, डा. भूपेन्द्रकुमार बस्नेत, डा. सुरेन्द्र देउवा, डा. मनबहादुर केसी, डा. शिव श्रेष्ठ, डा. अनिल कार्की, रामजी घिमिरे, धनप्रसाद पौडेल, जानकी केसी, रामचन्द्र अधिकारी, रमिला चौलागाईं, रामजी पन्त (मुकेश), पासाङनुर्वु शेर्पा, मसिना खड्का भण्डारी, कृष्णबहादुर तामाङ (समीर), राजीवजंग बस्नेत, रोशनी केसी र डा. दीपेन्द्र पराजुली सदस्य छन् ।