
मेष
सोचे अनुसारको कर्म गर्न पाइनेछ । धनराशी खर्च हुँदा मन खिन्न हुनेछ । सामाजिक रुपमा केहि गर्नुपर्छ भन्ने भावना जागृत हुन सक्नेछ । पदोन्नतिको समय रहेको छ ।
वृष
टाढाको मित्रबाट अप्रत्याशित कोसेली पाउन सकिएला । समाजमा शीर उच्च बनाएर हिड्न पाइनेछ । धेरै कुरामा आज सफलतातिर लम्किँदा, मन हर्षित हुनेछ ।
मिथुन
मन प्रफुल्लित रहनेछ । मानसिक दुःख हुने कामबाट दुरी काम गर्नुहोला । परिवारसँग राम्रो समय बित्नेछ । आमाको मिठो परिकारले आज घरको वातावरण सुखद् रहनेछ ।
कर्कट
परिवारसँग घरभन्दा टाढा भ्रमणको योग छ । मान-सम्मान, प्रतिष्ठामा बृद्धि हुनेछ । आफूले आफूलाई धेरै दु:ख दिने कार्यबाट टाढा नै रहँदा बेस होला ।
सिंह
वाक्चतुर्याईँले धेरै कुरामा सफलता मिल्नेछ । पुरानो साथीको यादले मन चिन्तित रहने छ । सावधानीपूर्वक आफ्नो कर्ममा ध्यान दिनुहोला, व्यर्थमा दुःख पाइनेछ ।
कन्या
धन प्राप्तीको योग छ, आफन्तजनहरूले माया ममता दर्साउन सक्नेछन् । जीवन-साथीसँग वार्तालापमा ध्यान दिनुहोला, दाम्पत्य जीवनमा तकरार हुनसक्नेछ । ठुला मान्यजनको मार्ग निर्देशनले जीवनमा सफलता मिल्नेछ ।
तुला
सवारीसाधनमा नयाँ ठाउँ घुम्न जान पाइने छ । यात्रा गर्दा आफ्नो सामानको रक्षा गर्नुहोला, हराउन सक्ने योग छ । धार्मिक, सामाजिक कर्ममा मन अग्रसर हुनेछ ।
वृश्चिक
जीवनसाथीलाई आकस्मिक उपहार दिन कोशिश गर्नुहोला, सम्बन्धमा मिठास थपिनेछ । सन्तानको उन्नति प्रगति देख्दा मनमा खुसीको सीमा बढ्नेछ।
धनु
शरीरमा उत्पन्न रोगले दुःख दिँदा मन पीडाले दुखित हुनेछ । स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ ।
मकर
रोकिएको पैसाहरु प्राप्त हुनेछन् । नयाँ कामको थालनी गर्ने आज उत्तम दिन रहनेछ । व्यापारमा प्रगती रहनाले मन हर्षले गदगद रहनेछ, जम्मा भएको पैसा शुभ- कार्यको लागि खर्च गर्नुहोला ।
कुम्भ
दाम्पत्य जीवन सोचेअनुसारको सुखद रहनेछ । विद्यार्थी वर्गमा अध्ययनमा अरुचिका कारण मान्यजनको गाली खाइनेछ । नोकरीको हकमा अरूको अप्रियवचन सुन्नुपर्ला ।
मीन
मिष्ठान्न भोजनको योग छ । घरमा नयाँ योजनाका विषयमा छलफल हुन सक्नेछ । आज नयाँ कार्य नगर्नुमा नै बेस हुनेछ । पानी प्रसस्त पिउनुहोला ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)