०५ साउन २०८३, मंगलबार

ईसीमोड, डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच सम्झौता

मंसिर १७, २०७८
ईसीमोड, डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच सम्झौता

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड), डाबर नेपाल प्रालि र तालकोल्ला सीएफयूजीबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

ईसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर (नेपाल र म्यानमार)का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौताको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको जानकारी दिइएको छ।

भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (सीएफयूजी), डाबर नेपाल र ईसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्ने जनाएको छ। 

यस सार्वजनिक-निजी-सामुदायिक साझेदारीले इकोसिस्टम पुनःस्थापना, जीविकोपार्जनका विकल्पहरूलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्