
राप्रपाको अध्यक्षमा उम्मेदवारी दर्ताका लागि १ लाख रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । निर्वाचन समितिले तोकेको शुल्क अनुसार उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ ।
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।
राप्रपामा एक अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री र १४९ केन्द्रीय सदस्य पदमा निर्वाचन हुन लागेको हो । भृकुटीमण्डपमा आज उम्मेदवारी दर्ता र भोलि मतदान हुनेछ ।