०५ असार २०८३, शुक्रबार

तीन महिनापछि भारतमा ड्राइभरबिहीन रेल चल्ने

कात्तिक २०, २०७४
तीन महिनापछि भारतमा ड्राइभरबिहीन रेल चल्ने
भारतमा तीन महिनापछि पहिलोपटक चालक रहिट मेट्रो रेल कुद्ने भएको छ । यो रेल दिल्लीको मैजेन्टा लाइनमा चल्ने छ । जो जनकपुरी वेस्टबाट कालिंदी कुञ्जसम्म पुग्नेछ ।

३८ किलोमिटर लामो यात्रा नोएडाको बोटेनिकल गार्डेन मेट्रोसाग जोडिने छ ।

दिल्ली मेट्रो रेल कर्पोरेशनले पछिल्लो हप्ता ५९ किमी लामो पिंक लाइनमा यसको परीक्षण गरेको थियो । पिंक लाइन अन्तर्गत शकूरपुर र मायापुरीबीच ६.५ किलोमिटरको एलिवेटेड सेक्शनमा ट्रायल रन को शुरुवात गरिएको थियो । मैजेन्टा र पिंक लाइन्समा चल्ने यो पहिलो ड्राइभर विहीन रेलमा स्वचालित स्तर धेरै थियो । शुरुवातमा रेलको अपरेटरको मदतबाट यसलाई चलाइनेछ । र विस्तारै यसलाई अटोमेटिक मोडमा राखिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्