१० असार २०८३, बुधबार

सिरियामा आईएसले गर्‍यो १० मजदुरको हत्या

मंसिर १७, २०७८
सिरियामा आईएसले गर्‍यो १० मजदुरको हत्या
(File/Shutterstock)

आईएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेको छ । 

आईएसले बिहीवार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरू बोकेर गएको बसमा विद्युतीय धराप थापेको थियो ।

सिरियाको पूर्वी क्षेत्रमा पर्ने दियार अल जोर प्रान्तमा उनीहरूको हत्या गरेको प्रहरीले जनाएको छ ।

सिरियाली समाचार समिति, सानाले दिएको समाचारअनुसार इराकको सीमा क्षेत्रमा पर्ने सो प्रान्तमा आईएसले तेलको खानीमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई सधैँ तारो बनाउने गरेका छन् । रासस(सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्