![शक्ति गुमाएर मानवरूपी भएका भगवानहरूको कथा 'ईओजी' [टिजरसहित]](https://lktcdn2.prixacdn.net/media/eog_WWvTT0DnTb.jpg)
चलचित्र 'ईओजी (एरर्स अफ गड)' को टिजर सार्वजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युबच्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
प्रकु पाण्डेको निर्देशनमा चलचित्र बनेको हो । चलचित्रमा विकास जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाललगायत रंगमंचका ५० भन्दा बढी कलाकारहरूको अभिनय रहेको छ ।
संगीत सापकोटाको लेखन र सगुन पोख्रेलको निर्माण रहेको यस चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरूको कथालाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको कलासी प्रोडक्सनले जनाएको छ ।
टिजर हेर्दा चलचित्रमार्फत् केही फरक स्वादको कथा पस्किन खोजिएको अनुमान गर्न सकिन्छ ।
क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको यस चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन रहेको छ ।