०२ असार २०८३, मंगलबार
कांग्रेस अधिवेशनको राैनक

सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?

मंसिर १७, २०७८
सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?

मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश स्तरका संरचनाको अधिवेशन गरिरहेको छ ।

विहीबार शुरू अधिवेशन अन्तर्गत शुक्रवार उम्मेदवारी दर्ता र निर्वाचनको कार्यक्रम हुँदैछ । सातवटै प्रदेशमा संस्थापन पक्ष र संस्थापनइतर समूहको प्रतिस्पर्धा हुँदैछ । 

कतिपय स्थानमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिका छुट्टाछुट्टै उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतर समूहबाट गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् । शुक्रवार थापा र घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । 

कृष्ण सिटौला पक्षधर थापालाई संस्थापन पक्षको समर्थन छ । थापा यसअघि कांग्रेस झापाको जिल्ला सभापति थिए ।

कांग्रेस केन्द्रीय सदस्य रहेका घिमिरे नेपाल विद्यार्थी संघको सभापति बनेका लोकप्रिय युवा नेता हुन् । उनी संस्थापन इतर समूहबाट चुनावी मैदानमा छन् । 

केन्द्रीय पदाधिकारीमा समेत उनको नाम चर्चामा रहेपनि कांग्रेसको गढ मानिने प्रदेश १ मा आफ्नो साख फर्काउन घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाइएको हो । 

प्रदेश २ मा रामसरोज यादव र कृष्णप्रसाद यादवले सभापतिका लागि प्रतिस्पर्धामा गर्ने बताएका छन् । 

नेपाली कांग्रेस धनुषाका सभापति समेत रहेका रामसरोज प्रदेश सरकारमा मन्त्री छन् । रामसरोजलाई कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवको समेत समर्थन रहने दाबी उनका सहयोगीले गरेका छन् । उनी उपसभापति विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् ।

कृष्णप्रसाद यादव कांग्रेस रौतहटको सभापति हुन् । कृष्ण सभापति शेरबहादुर देउवा पक्षको उम्मेदवार बनेका छन् । उम्मेदवारी मनोनयन गर्ने बेलासम्म अरू पनि प्रतिष्पर्धी हुनसक्ने आकलन गरिएको छ ।

बागमती प्रदेशमा सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षबाट बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता इन्द्र बानिया र संस्थापन इतरबाट जगदीश्वर नंरसिह केसी उम्मेदवार छन् ।

बानियाँ कांग्रेस मकवानपुरको सभापति हुन् भने केसी दुई कार्यकाल नेपाली कांग्रेस नुवाकोटको सभापति बनेका थिए । 

कृष्णप्रसाद सिटौला समूहबाट भीमसेनदास प्रधानले पनि सभापतिमा उम्मेदवारी दिएका छन् । कतिपय स्थानमा संस्थापन पक्ष र सिटौला समूहबीच तालमेल भइरहेको छ । 

गण्डकी प्रदेशमा संस्थापन पक्षबाट अर्जुनप्रसाद जोशी र संस्थापनइतर समूहबाट शुक्रराज शर्मा सभापतिको दाबेदार छन् । पूर्वमन्त्री जोशी लामोसमय नेपाली कांग्रेस पर्वतको जिल्ला सभापति थिए । शर्मा कांग्रेसका पुराना नेता मानिन्छन् । 

संस्थापनइतर समूहबाट देवराज चालिसे र महेन्द्रध्वाज जिसीले समेत दाबी गरेपनि शुक्रराज शर्माको नाममा सहमति जुटेको हो । सहमति जुट्न नसकेपछि रामचन्द्र पौडेललगायत संस्थापनइतर समूहका नेताले पोखरामा छलफल गरेर सहमति गराएका थिए । 

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट भरतकुमार साह र संस्थापनइतर समूहबाट अमरसिंह पुन सभापतिका आकांक्षी छन् । साह प्रतिनिधि सभाको लेखा समितिका सभापति समेत हुन् । लुम्बिनी प्रदेशमा यसपटक संस्थापन इतर समूहले बहुमत जिल्लामा सभापति जितेका छन् । 

कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललित शाही र संस्थापनइतर समूहबाट भूपेन्द्रजंग शाही सभापतिका उम्मेदवार बनेका छन् । लामो समय विद्यार्थी राजनीति गरेका भूपेन्द्रजंग नेविसंघको उपाध्यक्ष बनेका थिए ।

कालीकोटका मोतिराज बलमे पनि उम्मेदवारी दर्ता गराएका छन् । मोतीराज विमलेन्द्र निधिनिकट मानिन्छन् ।

प्रदेश २ मा निधिका समर्थक राजसरोजलाई संस्थापन पक्षले समर्थन गरेमा बमको उम्मेदवारी फिर्ता हुने सम्भावना रहेको स्रोतले बतायो । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा भने संस्थापन पक्षबाट वीरबहादुर बलायर सभापतिको उम्मेदवार बनेका छन् ।

संस्थापन इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । मिश्र नेपाली कांग्रेस जिल्ला समिति कैलालीको सभापति थिए । 

सुदूरपश्चिममा अन्तिम समयसम्म सहमतिका लागि प्रयास भएको थियो । 

मंसिर २४ गतेदेखि शुरु हुने महाधिवेशनअघि कांग्रेसले प्रदेशमा अधिवेशन गरेको हो । 

प्रदेश अधिवेशन सकिएपछि कांग्रेसमा संस्थापन इतर समूहले सभापतिको उम्मेदवार घोषणा गर्ने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्