०७ असार २०८३, आइतबार

राप्रपा महाधिवेशनमा २६६ जनाको उम्मेदवारी

मंसिर १८, २०७८
राप्रपा महाधिवेशनमा २६६ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंसिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, ४ उपाध्यक्ष, ३ महामन्त्री गरी ८ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको नेता सुन्दर पाण्डेले जानकारी दिए ।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा १ महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । ४ उपाध्यक्ष, ३ महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।

उम्मेदवारी दर्ताबाट करीब ५० लाख रुपैयाँ संकलन भएको जनाइएको छ । करीब २ वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

देशभरबाट ४ हजार ७०० प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि आफ्नो पक्षको नेतृत्वका लागि मत माग्नमा व्यस्त छन् ।

शनिवार बिहान ८–५ बजेसम्म निर्वाचनको कार्यतालिका राखिएको छ । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था छ ।
 

कमेन्ट गर्नुहोस्