×

NMB BANK
NIC ASIA

मोदीखोलाको मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा गर्दै सवारीसाधन

मंसिर १८, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

निर्माण भएको १३ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।

Muktinath Bank

समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदरमुकाम कुस्मा बजारसँग दक्षिण पर्वतका ५ स्थानीय तह जोड्ने एकमात्र दोबिल्ला फलेवास–सडकको कुश्मा नगरपालिका–८ दोबिल्लास्थित मोदीखोला माथि रहेको मोटरेबल पुल जीर्ण बनेको छ ।


Advertisment
Nabil box
Kumari

समय–समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रु समेत जोखिम मोलेरै वारपार गर्न बाध्य भएका छन् ।

Vianet communication
Laxmi Bank

पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारी साधन र यात्रु जोखिममा परेका छन् । पुलका पातानै उप्किएर खाल्डा परेका छन् ।

गत चैतमा कुश्मा नगरपालिकाको पहलमा पूर्वाधार विकास कार्यालयले सामान्य मर्मत गरेको भए पनि फेरि वर्षायामको बाढीले झनै जोखिम बनाएको छ ।  

तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरूपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ । पुलको नियमित रूपमा रेखदेख नहुँदा ओभर लोड भएका गाडी, डोजर, लोडर लगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए ।

उनले भने, ‘पुलमा जुनसुकै बेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।’

पुलबाट ५ स्थानीय तहका ४५ भन्दा बढी वडामा सवारीसाधन आवातजावत आउने गर्दछन् । दैनिक सयौंको संख्यामा सवारी साधन चल्ने पुल १५ टन भारवहन क्षमताको भएको भए पनि ओभरलोड गरी लैजाँदा समेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए ।

ठूला–ठूला डोजर लोडरजस्ता उपकरण यहीँबाट तार्ने गरेको समेत पौडेलको भनाइ छ ।
    
जिल्ला समन्वय समिति पर्वतले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दा समेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको बताएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता गत चैतमा वेल्डिङ गरेर जोड्ने गरिएको र यस वर्ष मर्मतका लागि अरु योजना नरहेको कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।

पुल मर्मतका लागि स्टिमेट तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उनको भनाइ रहेको छ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलको रूपमा सो पुल निर्माण गरेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x