×
Bajaj Top
Khukuri
FONEPAY

ओडिसाबाट नेपालतिर आउँदैछ चक्रवात, सोमवारसम्म मौसममा कस्तो रहला असर ?

काठमाडाैं | मंसिर १८, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

बंगालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । 

Sanima Bank
morang Auto yamaha

जल तथा मौसम विज्ञान विभागले शनिवार एक विशेष बुलेटिन निकालेर सो चक्रवात शनिवार बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर पूर्व सर्ने देखिएकाले चक्रवातका कारण नेपालमा खासै ठूलो पानी पर्ने सम्भावना नरहे तापनि यसको अप्रत्यक्ष प्रभावले शनिवार रातिबाट प्रदेश १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

आइतवारबाट पुनः अर्काे पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागका मौसमविद् गंगा नगरकोटीले बताए । उनका अनुसार सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतवार सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

सोमवारबाट यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कदेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतवार राति र सोमवार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको बताइएको छ । यो प्रणाली सोमवार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

जल तथा मौसम विज्ञान विभागले यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

अष्ट्रेलियामा रहेका नेपालसहित विभिन्न देशका विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन् ।  विद्यार्थीहरूले ‘पार्टटाइम जब’का रुपमा गर्ने काम हप्तामा २० घण्टा मात्रै गर्न पाउँथे ...

माघ ५, २०७८

सर्वोच्च अदालतमा बुधवारदेखि सेवा संकुचन गरिएको छ ।   केही न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएपछि माघ १८ गतेसम्मका लागि सेवाहरू कटौती गरिएको हो ।  सर्वोच्च अदालतको म...

माघ ५, २०७८

जिल्ला प्रशासन कार्यालय ललितपुरले शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।  कार्यालयका कर्मचारीहरू कोरोना संक्रमित भएको र होमआइसोलेसनमा भएकाले बुधवारदेखि लागू हुने...

माघ ५, २०७८

विशेष अदालत काठमाडाैंले कोरोना संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेकका सेवाहरू स्थगित गरेको छ ।  बुधवारको पूर्ण बैठकले बिहीवारदेखि लागू हुने गरेर स्थगित हुने र सुचारु हुने सेवाहरूबारे निर्णय गरेक...

माघ ५, २०७८

एक दिनले गर्दा बढुवा हुन पाएका प्रहरीका दुई भाग्यमानी सई मान्छेको भाग्य कस्तो हुन्छ, दैवलाई पनि थाहा हुँदैन भन्ने नेपाली कथन छ । त्यस्तै भयो नेपाल प्रहरीका दुई प्रहरी सहायक निरीक्षकहरूको हकमा । काभ्रेपलाञ्च...

माघ ५, २०७८

पर्यटक भिसामा खाडी मुलुक जाने नेपालीहरू सरकारका लागि टाउको दुखाइको विषय बनेका छन् । पछिल्लो ५ महिनामा मात्रै पर्यटक भिसामा ६७ हजार ४ सय ४ नेपाली विदेशिएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ । उक्त सं...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...