२५ जेठ २०८३, सोमबार

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज: उच्चतम फ्यूल इफिसिएंसीका लागि र्‍याली

मंसिर १८, २०७८
यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज: उच्चतम फ्यूल इफिसिएंसीका लागि र्‍याली

रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्ने गरेको छ ।

पछिल्लो पटक यामाहाले उच्चतम फ्यूल इफिसिएंसीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली शुक्रबार, मंसिर १७ मा आयोजना गरेको थियो ।

बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट शुरू भएको थियो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, बल्खुमा बिहान ९ बजे र्‍याली शुरू  गर्न बिहान ९ बजे आइपुग्न भनिएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेलको कुल दूरी करिब १६ किलोमिटर रहेको थियो ।

यस पटकको र्‍यालीको बिजेता प्रति लिटर ६१.४२ किलोमिटरका साथ उज्वला घिमिरे बनिन् । त्यसैगरी, प्रति लिटर ५८.९६ केमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र सुनिल लम्साल प्रति लिटर ५७.६ केमीका साथ तेस्रो भएका छन् । 

यसअघि जनवरी २४, २०२१ मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा सुनील राजवंशी प्रतिलिटर ७८.८२ किलो मिटर माइलेजका साथ अन्तिम विजेता बनेका थिए  

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो ।

बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने  एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर-कूल्ड, फ्युल-इन्जेक्टेड, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली  बनाइएको कम्पनीले जनाएको छ ।

'नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ,' एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।

बाइक इन्डिया अवार्डले भर्खरै यामाहा नेपाललाई रेजेडआर १२५ एफआईलाई वर्षको उत्कृष्ट स्कुटर अवार्ड प्रदान गरेको छ। अवार्डसँगै स्कुटरको लोकप्रियता र विश्वसनीयता बजारमा थप चुलिएको यमाहाको दावी छ ।

 

salt training

कमेन्ट गर्नुहोस्