×

NMB BANK
NIC ASIA

ग्यास चुल्होले फेरिँदै महिलाको दिनचर्या

मंसिर १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

यहाँस्थित मटिहानी नगरपालिका–९ को मुसहरीटोलका मरनीदेवी सादाको दिनचर्या अहिले फेरिएको छ ।

Muktinath Bank

घरमा खाना पकाउने इन्धनको जोहोमा सखारै खरेटो लिएर बगैँचा बगैँचा पतिङ्गर सोहोर्न जाने उनी अब ग्यास चुल्होमा खाना पकाउन अभ्यस्त हुन थालेका छन् । पतिङ्गर सोहोर्ने समय अतिरिक्त काममा लगाउन पाएपछि यसले दैनिकी नै फेरेको उनीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तराईमा राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक क्षेत्रमा समेत पछि परेको मुसहर समुदायकी उनी अब पतिङ्गर सोहोर्न लाग्ने समय अतिरिक्त काममा लगाएर थोरै आर्जन बढाउन सक्ने भएका छन्  ।


Advertisment
Nabil box
Kumari

मुसहरजस्तै अति पिछडिएका डोम र मेस्तर  समुदायलाई केन्द्रीत गरी मटिहानी नगरपालिकाले घरघरै खाना पकाउने ग्यास चुल्हो वितरण गरेपछि ती समुदायका महिलाको दिनचर्या फेरिँदै गएको हो ।

Vianet communication
Laxmi Bank

“अरु जेजसो भए पनि खाना त पकाउनै पर्छ, यसका लागि इन्धनको जोहो गर्न हामी पतिङ्गर सोहोर्न जान्थ्यौँ ”मरनीदेवीले घरमै पुगेका सञ्चारकर्मीसँग भनिन्, “ अब नगरपालिकाले ग्यास चुल्हो दिएपछि त्यसमा चाँडै खाना पाक्दो रहेछ, हामी अब पतिङ्गर सोहार्न लाग्ने समय बनीबुतो गरेर केही कमाउन थालेका छौँ ।” यसले घरगुजारालाई अलि सहज बनाएको उनीको भनाइ छ ।

उनी जस्तै सो बस्तीका वसन्ती सादा, सामो सादा र उर्मिला सादाले पनि पतिङ्गर सोहोर्न बिताइने गरेको समय अब किसानले बोलाउने कृषि कार्यमा लगाएर बानी पारिश्रमिक वापत केही कमाउन थालिएको जानकारी दिइन । 

पति र छोरा कमाउन जाने र पत्नी एवं घरका छोरीबुहारी पतिङ्गर सोहोर्न जानुपर्दा कमाइले गुजारा चलाउन धौधौ परेको बेला ग्यास चुल्हा पाएपछि यी जाति समुदायले निकै राहत महसुस गरेका छन् । “मेरो एकजनाको आम्दानीले घर गुजारा चलाउनु पथ्र्यो, अब पत्नी पनि काममा निस्कन सक्ने भएकी छन्, यो ग्यास चुल्होले निकै राहत दियो ।” बेचन सादाले भनिन् । 

काममा कसैले नबोलाए सुँगुर चराउन जाने फुर्सत मिलेपछि यसबाट पनि आर्जन थपिएर सहुलियत बढेको बस्तीका मुसहर बताउँछन् । मटिहानी नगरपालिकाले यी तीन जाति समुदायलाई लक्षित गरी नगरका ४, ६, ७ र ९ नम्बर वडा बस्तीमा गत साता  घरघरै ग्यास चुल्हो वितरण गरेपछि अब सबैले खाना चाँडै पाक्न थालेको बताएका छन् । आफ्नो भन्ने सानो पराले झुप्रो मात्र भएका यी गरिब समुदायले बगैँचा धनीले पतिङ्गर सोहोर्न नदिँदा वा नभेटिँदा सडक बढारेर झुत्रा प्लाष्टिक, सडक किनारमा मिल्किएका झिक्राझिक्री र कसिङ्गर बालेर पनि खाना पकाउनु परेको विगत सम्झँदै ग्यास चुल्हो पाएपछि जीवन नै फेरिएको प्रतिक्रिया दिएका छन् ।

“अब हामीले पतिङ्गर सोहोर्दा कसैको हप्कीदप्की सुन्नु पर्दैन र घरमा खाना पकाउँदा निस्कने धुँवाबाट पनि छुटकारा पायौँ) ग्यास चुल्हो पाएपछिको खुसी साट्दै मटिहानी–७ की पवित्री मेस्तरले भनिन्, “ अब कमाइ थप्ने चिन्ता चैँ बढ्यो, थप आर्जन नभए फेरि ग्यास त आउँदैन अनि फेरि पतिङ्गर सोहोर्नु पर्ला । ”

आर्थिक रुपले अत्यन्त पछि परेका यी जाति समुदायलाई स्वास्थ्य सचेतता बढाउन र आर्जनका अतिरिक्त काममा लाग्न अनुकूलता बढाउने उद्देश्यले ग्यास चुल्हो वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । “गरिबी र अशिक्षाले गर्दा यी जाति समुदायले नगरमा भएका अन्य विकास निर्माणका कामबाट आफूले केही पाएको अनुभूति लिन सक्दैनन्”, नगरप्रमुख हरिप्रसाद मण्डलले भने, “यिनलाई पनि हाम्रो निकाय छ, हाम्रा प्रतिनिधि छन् भन्ने अनुभूति गराउन सोझै लाभ पाउने गरी यो कार्यक्रम सञ्चालन गरेका हौँ ।” गरिब बस्तीमा फोहर झुत्रा प्लाष्टिक, राम्ररी नसुकेको पतिङ्गर सल्काउँदा निस्कने धुँवाले श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेपछि यसलाई नियन्त्रण गर्न पनि यो कार्यक्रम सुरु गरिएको नगरप्रमुख मण्डलको भनाइ छ ।  

यो कार्यक्रमको पहिलो चरणमा चार  वडाका १३३ घरपरिवार समेटिएका छन् । पहिलो पटक ग्यास चुल्हो दिइएपछि अब ग्यास सकिँदा आफ्नै अतिरिक्त कमाइले किन्नसक्ने बनाउनु अझै चुनौती रहेको नगर कार्यपालिकाका अधिकारीको ठम्याइ छ । तर यी समुदायमा अब हामीले यसलाई टिकाउनु पर्छ भन्ने बोध बढ्दै गएको देखिँदा यो कार्यक्रम प्रभावकारी हुने कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्माले जानकारी दिए । 

सो कार्यक्रमले जनस्वास्थ्यमा सकारात्मक प्रभाव तत्कालै देखिन थाल्ने स्वास्थ्य कार्यकर्ता बताउँछन् । गरिब बस्तीमा पतिङ्गर बालेर खाना पकाउँदा निस्कने धुवाँले श्वासप्रश्वासका बिरामी बढेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताए । त्यसबाहेक फोहर झुत्रा प्लाष्टिक बाल्दा निस्कने प्रदूषण र फोहर पर्दा खानेकुरा नै दूषित बनेर बिरामी पर्ने क्रमलाई यो कार्यक्रमले न्यूनीकरण गर्ने उनको  भनाइ छ । गोपालप्रसाद बराल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x