×

NMB BANK
NIC ASIA

सिरुटार–बिरुवा सडक निर्माण शुरू

मंसिर १८, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

नेपाल सरकारको रु २० करोडको लागतमा सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार–बिरुवा सडक निर्माण आजदेखि शुरू गरिएको छ ।

Muktinath Bank

सडकको आज बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शिलान्यास गरे । ढलसहित ११ मिटर चौडाइ कालोपत्र सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो सडक अभियानअन्तर्गत सडकबत्ती जडान सम्पन्न गर्ने गरी निर्माण शुरू भएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य थापाले भने, “बालकोट र सिरुटारको सिमाना पुलबाट सिरुटार–बिरुवा सडकखण्ड पहिलो चरणमा निर्माण सम्पन्न हुँदैछ, यसका लागि प्रदेशबाट रु १५ करोडको बजेट आएको छ, बिरुवाबाट तर्खगालसम्म सङ्घीय सरकारबाट रु पाँच करोड बजेट आएको छ, सडकमा ठेक्का आह्वान गर्दा आएको बिलोसहित यो सडकमा करिब रु २६ करोड बराबरको काम सम्पन्न हुनेछ ।”


Advertisment
Nabil box
Kumari

यसअघि सङ्घीय, प्रदेश सरकार तथा नगरपालिकाबाट समेत रु १२ करोडको लगानीमा सडक फराकिलो पार्ने र सडकको दायाँबायाँ पर्खाल लगाउने काम सम्पन्न भएको जनाउँदै उनले आगामी एक वर्षभित्रमा यो सडकको सम्पूर्ण निर्माण पूरा गरिने बताए । सिरुटारमा अधिकांश भित्री सडक फराकिलो पार्ने, कालोपत्र गर्ने र ढलान गर्ने काम सम्पन्न भएको तथा केही सम्पन्न गर्ने चरणमा रहेको उनले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

उनले सङ्घबाट आएको रु ४३ करोडको बजेटबाट बालकुमारीबाट बालकोट, दधिकोट, गुण्डु हुँदै रानीकोट काभ्रे सडक विस्तार भइरहेको जनाउँदै देशभरिमध्ये भक्तपुरमा धेरै बजेट ल्याएर विकासका पूर्वाधार निर्माण गरिएको थापाले बताए । 

कार्यक्रममा नगर उपप्रमुख जुना बस्नेतले नगरपालिकाले दुई अस्पताल निर्माण गरेको, सबै वडाका स्वास्थ्यचौकीको स्तरोन्नति गरेको, १९ विद्यालय भवन निर्माण गरेको, १७ सामुदायिक भवन निर्माण गरेको, २६ पुल निर्माण गरेको, गाउँगाउँमा कालोपत्र सडक पु¥याइएको बताए ।

त्यस अवसरमा सूनपा–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले सिरुटारका सबै भित्री सडक पक्की गरिसकेको जनाउँदै अब मूल सडक पनि फराकिलो र कालोपत्र सम्पन्न हुन लागेको बताए ।

गुणस्तरीय सडक निर्माणका लागि वडाले स्थानीय सबै राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी गरी १६ सदस्यीय अनुगमन समितिसमेत निर्माण गरी परिचालन गरेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x