२९ जेठ २०८३, शुक्रबार

एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनुपर्दैन : ओली

मंसिर १८, २०७८
एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनुपर्दैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।

अध्यक्ष ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्‍याए ।

उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।

अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरूलाई आह्वान गरे ।

उनले भने, ‘चुनाव हुन अव बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अव कसेको सरकार बन्छ ? देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो । त्यसपछि हामी पुनर्निर्माण र नव निर्माणको कामहरु अगाडि बढाउँछौँ । र देशलाई समृद्धिको बाटोमा लान्छौं । अव बन्ने सरकार हिजोजस्तो यसलाई तानेर, उसलाई तानेर, जोडेर, यो सँग सहकार्य गरेर, यसको बैशाखी टेकेर, यसलाई मिलाएर, उसलाई मिलाएर गर्‍यो भने तिनीहरुले आफ्नो खुट्टा त खुस्दिैन नि । नटबोल्ट लगाएको खुट्टा त  नटबोल्ट खुस्काई दिन्छ । खुस्की हाल्छ । मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिए । कसलेकसले खुस्काई दियो । खुस्केका खुट्टा गए । मेहनत गरेर जोडियो । धराहरा बनेपछि तिनको छाति पोल्यो । हात्तीमा आगो बल्यो । तिनको दिमाग भत्भती पोल्यो । रानी पोखरी बनेको देखेपछि, ऐतिहासिक सम्पदाहरु फेरी उठेको देखेपछि आत्तिए । एमालेले समृद्धिको अभियान अघि बढाउँछ । एमालेमा आउनुहोस् । देश निर्माण गरौं ।’

अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काई दिएको उल्लेख गर्दै अव त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए । उनले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दावी समेत गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्