
झापाको मेचिनगर नगरपालिका ४ स्थित सिमा ईलाकाबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।डब्लु बि ७४ ए के ६०९९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने ३७ बर्षिय समर बहादुर आलेलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश राईसिङबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो ।
पक्राउ परेका आलेलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी महोत्तरी जिल्लाको एकडाँडा गाउँपालिका ५ स्थित सिमा ईलाकाबाट मंसिर १७ गते सशस्त्र प्रहरीले करीव १ सय ५ के.जी.गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका ५ बस्ने ३६ बर्षिय रमेश पासवान, ६० बर्षिय राम खेलावान मण्डल र जलेश्वर नगरपालिका ७ बस्ने ५० बर्षिय सुरेश यादव छन् ।