×

NMB BANK
NIC ASIA

कन्टेनर ढुवानीमा थपिँदै भारतीय निजी कम्पनी

मंसिर १९, २०७८

NTC
Premier Steels

नेपाल–भारत रेलसेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेलसेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि भारतीय निजी कम्पनीबीच प्रतिस्पर्धा बढेको छ । बितेको ३ महीनामै भारतीय बन्दरगाहबाट नेपालका लागि ढुवानी सेवा दिने यस्ता कम्पनीको संख्या ३ पुगेको छ ।

Muktinath Bank

यसअघि भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार रहेकोमा अहिले तीनओटा कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ढुवानी सेवा दिइरहेका छन् । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीमा मुख्य साझेदार प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि भारतको कोलकाता र विशाखापत्तनम्बाट ढुवानी थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो कम्पनी वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का लिएको प्रिस्टाइन भ्याली ड्राइपोर्ट पोर्ट प्रालिको मुख्य साझेदार हो । विशाखापत्तनम् बन्दरगाहबाट कन्टेनर लिएर शनिवार प्रिस्टाइनको रेल वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको प्रिस्टाइनका व्यापार तथा बजार व्यवस्थापक महम्मद नबिल अख्तरले बताए


Advertisment
Nabil box
Kumari

यो कम्पनीले भारतकै कोलकाता बन्दरगाहबाट पनि वीरगञ्जका लागि सेवा शुरू गरिसकेको छ । केही दिनअघि कोलकाता बन्दरगाहबाट औद्योगिक कच्चा पदार्थ, प्लास्टिक, विद्युतीय समान, तयारी कपडासहितका सामानका ९० कन्टेनरको ¥याक वीरगञ्ज भिœयाएको अख्तरले जानकारी दिए । २ महीनाअघि नै सेवा सञ्चालन गरेको हिन्द टर्मिनलले अहिलेसम्म सुक्खा बन्दरगाहमा आठओटा ¥याक ल्याइसकेको छ । भारतमा बन्दरगाह र रेलसेवामा सक्रिय जेएन बक्सी समूहले पनि ढुवानीको तयारी थालेको छ ।

Vianet communication

नेपाल र भारतबीच सन् २००४ मा भएको रेलसेवा सम्झौताले रेलमार्पmत हुने ढुवानीमा कोन्करलाई एकाधिकार दिएको थियो । गत जुलाईमा सम्झौता संशोधन भएको थियो ।
संशोधित सम्झौताले भारतका निजी रेलसेवा प्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने बाटो खोलेको छ । नेपाल रेलवेले भने अहिलेसम्म यसका काम अघि बढाएको छैन ।

समुद्रपारबाट आउने कार्गोको ढुवानीमा प्रतिस्पर्धी कम्पनी आएपछि कोन्करले ढुवानीको भाडा स्वात्तै घटाएको छ । कोन्करले पहिलो प्रतिस्पर्धी कम्पनी हिन्द टर्मिनलले वीरगञ्जमा र्‍याक भित्र्याएकै दिन भाडा घटाएको सूचना निकालेको थियो ।

कोन्करले ३० देखि ३५ प्रतिशतसम्म भाडा घटाएपछि त्यसअघि कोन्करकै हाराहारीमा भाडा तय गरेका अन्य कम्पनीले पनि भाडा दर कम गरेका छन् । तर, अहिलेसम्म घटेको भाडाको लाभ नेपाली आयातनिर्यातले नपाएको स्वदेशी व्यवसायीहरू बताउँछन् ।

 शुरूमा प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले कोन्करले भाडा घटाएको भन्दै अन्य निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशंका गरिएको थियो । अहिले अन्य कम्पनीले प्रतिस्पर्धात्मक रूपमा सेवा अघि बढाए पनि त्यसको लाभ नेपालको वैदेशिक व्यापारले पाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् ।

सिपिङ कम्पनीले वीरगञ्ज बन्दरगाहसम्मै कन्टेनर ढुवानी गर्ने र कोन्करसँग रेल भाडाको लेनदेन पनि सिपिङ कम्पनीले नै गर्ने भएकाले ढुवानीमा प्रतिस्पर्धाको लाभ लिन नपाएको गुनासो व्यवसायीको छ ।

सिपिङ कम्पनीले नेपाली व्यवसायीसँग समुद्री भाडा र रेल ढुवानीको खर्च एकमुष्ट बिल दिन्छन् । कोन्करले भाडा घटाए पनि त्यसको लाभ सिपिङ कम्पनीले उठाइरहेको व्यवसायी बताउँछन् । कोन्करको एकाधिकार तोडिएपछि पनि ढुवानी खर्चमा कमी नदेखिएको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले बताए ।

कोन्करको प्रतिस्पर्धामा थपिएका निजी रेलसेवा प्रदायकले कस्टम हाउस एजेन्टको काम गर्न पाउने गरी कोलकाता बन्दरगाह भन्सारमा प्रक्रिया थालेका छन् । यसमा समुद्रीमार्गबाट कोलकाता बन्दरगाहमा ल्याइएका कन्टेनरलाई बन्दरगाहमा भन्सारको प्रक्रिया पूरा गरेर इलोक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टममार्फत वीरगञ्जसम्म पुर्‍याइदिन्छन् ।

यसका लागि आयातकर्ताले सीआईएफ कोलकातामा कन्टेनर मगाउनुपर्छ । यो प्रक्रियामा नेपाली आयातकर्ताले सिपिङ कम्पनीलाई समुद्री भाडामात्रै तिरे पुग्छ ।

भारतीय बन्दरगाहबाट वीरगञ्जसम्मको रेलको ढुवानी भाडा रेलसेवा प्रदायकलाई भुक्तानी गर्नुपर्छ । यसो गर्दा नेपाली आयातकर्ताले रेलसेवामा प्रतिस्पर्धाको लाभ लिन सक्ने बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीका कार्यकारी निर्देशक बी मोहन बताउँछन् । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x