
राप्रपा नेपालको अध्यक्ष पदमा पराजित भएसँगै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् ।
उनले सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन् ,'सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभ-कामना।'
उनले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै त्यसको भत्सर्ना गरेका छन् ।