
काठमाडौं, १२ असार– निर्वाचन आयोगले आज विहानैदेखि मौन अवधि लागू भएको घोषणा गरेको छ । र निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने भनेको छ ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने पत्रकार सम्मेलन गरेर सरकार र प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् ।
ओलीले सरकारले निश्पक्ष रुपमा चुनाव सम्पन्न गर्नेमा पनि शंका व्यक्त गरे । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई इराकका पूर्व शासक सद्दाम हुसैनसँग तुलना गर्दै देउवामा तानाशाही प्रवृत्ति हावी भएको बताए ।
अध्यक्ष ओलीले निर्वाचन आयोगको समेत आलोचना गरे । आयोगले सत्तापक्षीय दलहरुको पक्षमा काम गरेको ओलीको आरोप थियो । निर्वाचन आयोगले निश्पक्ष भूमिका निर्वाह गर्न नसकेको पनि ओलीले आरोप लगाए ।