
नेपाली कांग्रेस लुम्बिनीको प्रथम अधिवेशन अन्तरगत भएको मतदानको सदस्यबाट मतगणना गरिएको छ । राती करिव १२ बजेदेखि शुरू भएको मतगणना अहिलेसम्म करिव १५० गणना भएको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी गराए ।
उनका अनुसार पहिलो बाक्साको मतगणनामा सदस्य खुल्लातर्फ १५० र जिल्ला तर्फ करिव २०० मत गणना भएको छ । त्यसमा सभापति देउवा इतर समुहका उम्मेदवार अमरसिंह पुन प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।
सभापति तथा पदाधिकारीको भने गणना भएको छैन । शनिबार बिहान ११ बजेदेखि भैरहवा स्थित महेन्द्र सभा गृहमा सुरु भएको मतदान साँझ करिव ६ बजे सकिएको थियो । ६ बजे नै मतदान सकिएपनि गणना भने ढिला गरि करिव १२ बजेतिर सुरु भएको हो ।
महेन्द्र सभा गृहमा आइतवारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्दा केही ढिलाई भएको निर्वाचन समितिले बताएको छ । प्रदेशको नेतृत्व लिनको लागि पार्टी सभापति शेरबहादुर देउवा समूहबाट रुपन्देहीका भरतकुमार शाह र देउवा इतर समूहबाट रोल्पाका अमरसिंह पुनको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ ।