साताको पहिलो दिन आइतवार शेयर बजारमा ठूलो पहिरो गएको छ ।
समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८०.२७ अंकले घट्दै २५०५.९२ विन्दुमा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १५.४२ अंकले घट्दै ४७२.१० विन्दुमा झरेको छ ।
समाचार तयार पार्दासम्म, कारोबारमा आएका कुल २ सय २५ कम्पनीको ७१ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब १७ करोड ११ लाख रुपैयाँमा किनबेच भएको छ । यस्तै कुनै पनि समुहको शेयर सूचक सकारात्मक छैन । अर्थात सबै राताम्मे भएको छ ।