×

NMB BANK
NIC ASIA

माओवादी केन्द्र राष्ट्रिय सम्मेलन: शुल्क २ हजार तिर्नुपर्ने, खानेबस्ने व्यवस्था प्रतिनिधि आफैं गर्नुपर्ने

मंसिर २०, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले २ हजार शुल्क तिर्नुपर्ने हुन्छ । तर, पार्टीले प्रतिनिधिका लागि खानेबस्ने व्यवस्था गर्ने छैन । प्रतिनिधि स्वयंले आ–आफ्नो खर्च व्यवस्थापन गर्नुपर्ने सर्कुलर माओवादी केन्द्रले गरेको छ ।

Muktinath Bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक परिपत्र गर्दै जारी गर्दै यस्तो निर्देशन गरेका छन् । साथै पार्टीको निर्णय समेटिएको सो परिपत्र जारी गर्दै उनले कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१६ र १७ मंसिरमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सम्मेलन केन्द्रित विभिन्न निर्णय गर्दै कार्यान्वयनका लागि सबै प्रदेशलाई १८ बुँदे परिपत्र जारी गरेको छ । सम्मेलनका लागि आन्तरिक तयारी तीव्र बनाएको माओवादी केन्द्रले भव्य रूपमा सम्मेलन सम्पन्न गर्ने योजना बनाएको छ ।


Advertisment
Nabil box
Kumari

पार्टीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवं प्रतिनिधिलाई प्रतिनिधि शुल्क २ हजार रुपैयाँ प्रतिव्यक्ति तोकेको छ । साथै सम्मेलनमा सहभागी हुने सबै प्रतिनिधिले खानेबस्नेलगायतका खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने अग्रिम जानकारी पनि गराएको छ ।

Vianet communication

माओवादीले १५ सय संगठित सदस्य बराबर एक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ । प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधि’bout प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गर्ने र बाँकी १ हजार ५ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ ।

अध्यक्ष प्रचण्डको परिपत्रमा मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागको बैठक बसी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि चयन गरेर केन्द्रीय कार्यालयमा नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाउन उल्लेख गरिएको छ ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनका लागि यसअघि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था परिवर्तन भएको छ । त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको माओवादी केन्द्रले जनाएको छ ।

प्रदेशले कम्तीमा १ जना घाइते÷अपांगलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ । प्रत्येक प्रदेशले २३ मंसिरभित्र प्रदेश सम्मेलनका प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समितिलाई अनिवार्य बुझाउनुपर्ने माओवादीको सर्कुलरमा उल्लेख छ ।

यसैगरी माओवादी केन्द्रले ८० वटासम्म पालिका भएका प्रदेशमा प्रदेश समिति १ सय ७५ सदस्यीय कायम गर्ने र सोभन्दा बढी पालिका भएका प्रदेशमा प्रत्येक पालिका र दुवै तहका निर्वाचन क्षेत्र संख्याको आधारमा प्रदेश समितिमा १÷१ जना सदस्य थप गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले ११ देखि १३ पुसमा काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दै छ । राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले विभिन्न समिति गठन गरेर तयारी तीव्र बनाएको छ ।

माओवादी केन्द्रले विधान परिमार्जन समेत गर्ने भएको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानमा आवश्यक परिमार्जन गर्न स्थायी कमिटीका सदस्य देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको विधान मस्यौदा समिति गठन गरेको छ ।

त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गणेश साह, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसमा डिलाराम आचार्य, नारायण दाहाल, सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन् ।

त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ ।

सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा हरिबोल गजुरेल सचिव रहने गरी देव गुरुङ, लीलामणि पोख्रेल र ५ जना मन्त्री सम्मिलित एक समिति गठन गरेको पनि सर्कुलरमा उल्लेख छ ।

यस्तै माओवादीले केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेवी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली (पार्टी सदस्यता नम्बर समेत उल्लेख गरी) २९ मंसिरसम्ममा अनिवार्य रूपमा केन्द्रीय कार्यालयमा पठाइसक्न पनि निर्देशन दिएको छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x