काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर १० को आयोजना तथा नेपाल बैक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम शनिवार बाल आदर्श मा. वि. खोपासीमा सम्पन्न भएको हो ।
पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए ।
बिशिष्ट अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेको उक्त कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनयकेशरी पौड्याल, नेपाल बैंक मार्केटिङ् तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायतका अतिथिहरुका साथै खोपासी आसपासका करिव ३०० भन्दा बढी स्थानीय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु तथा बिद्यार्थीहरुको उपस्थितीमा उक्त कार्यक्रम संचालन भएको थियो ।