
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम "क", "ख", "ग" वर्गको बैंक तथा वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले "क" वर्गका वाणिज्य बैंकमा रु.२ अर्ब ४४ करोड, "ख" वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा रु.४५ करोड ७५ लाख र "ग" वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा रु.१५ करोड २५ लाख गरी कुल रु.३ अर्ब, ३६५ दिन (१ बर्ष) को लागि लगानी गर्न लगेको हो।
इजाजतपत्र प्राप्त र देहाय बमोजिमका शर्तहरु पुरा गरेका बैंक वित्तिय संस्थाहरुले आफुले लिन चाहेको रकम र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदर समेत तोकेको फारम भरी मिति २०७८ मंसिर २१ गते ४ बजेभित्र [email protected] मा प्राप्त हुने गरी व्याजदर प्रस्ताव गर्न आव्हान गरिएको छ।
लगानी अवधि मिति २०७८ पौष १ गतेबाट सुरु भई २०७९ मंसिर २९ गते समाप्त हुने छ।


