
बीमा समितिको आयोजनामा आइतवार विराटनगरमा प्रदेश नं. १ का मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरुको उपस्थिति र सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागितामा प्रदेश सरकार र बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
देशमा बीमा क्षेत्रको समग्र विकासका साथै बीमाको पहुँच विस्तारका लागि बीमा समितिले प्रदेश सरकारहरुसँग छलफल एवम् अन्तरक्रिया गर्ने क्रममा प्रदेश नं. १ मा कार्यक्रम आयोजना गरिएको हो ।
चरणमा भए पनि जनतासँग प्रत्यक्ष जोडिएका सम्पत्ति लगायतका विभिन्न बीमा गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउने बताए ।
शुरुवाती कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको बजेट सीमित भएकाले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विद्यालयका पाठ्यक्रममा बीमा विषयलाई पनि समावेश गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
मुख्यमन्त्री राईले जनताले बीमा गरेपछि कुनै कारणले आवश्यक प्रमाण जुटाउन ढिलाई भए पनि बीमा दाबी गर्नबाट बन्चित नहुने व्यवस्था गर्नुपर्ने बताए ।
जनताको आकर्षणलाई अझ व्यापक तुल्याउन बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने आवश्यकता समेत उनले औंल्याए ।
बीमा प्रतिको भइरहेका कामको अनुगमन गर्न केन्द्रबाट समस्या परेकाले पहिलो चरणमा कम्तीमा तीनवटा प्रदेशमा बीमा समितिको प्रदेश कार्यालय स्थापनाका लागि तयारी गर्न लागिएको जानकारी दिए ।
कम्पनीहरुबाट कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशका विभिन्न स्थानमा बीमा अध्यक्ष सिलवालले जनताको बीमाको रकम सुरक्षित हुनुपर्छ र बीमा दाबीको भुक्तानी समयमै हुनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले जनताको बीमाको रकम सुरक्षित हुनुपर्छ र बीमा दाबीको भुक्तानी समयमै हुनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए।
उहाँले देशमा बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमा समिति प्रतिवद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गर्न आनाकानी गर्ने गरेको, गाई भैंसीको कम मूल्य राखेर बीमा गर्ने गरेको, कृषि तथा पशुपालन गर्नका लागि तयार गरिएका भौतिक संरचनाहरुको बीमा सोही बीमा अन्तर्गत गर्ने नगरिएको, सर्वसाधारणले समयमा बीमा दाबीको भुक्तानी नपाएको लगायतका गुनासाहरु गरेका थिए ।
कार्यक्रमको संचालन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सरोजप्रसाद गुरागाइँले गरेका थिए भने बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले समितिका तर्फबाट बीमासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, बीमा समितिका कार्यकारी निर्देशक तथा निर्देशक र विभिन्न सरकारी निकायका पदाधिकारीहरु सहभागी थिए।
यसैगरी, कार्यक्रममा उद्योगी व्यवसायी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरु गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।