०४ साउन २०८३, सोमबार

म्यान्मार कू : सू कीलाई ४ वर्ष जेल सजाय, लगाइएका सबै आरोप पुष्टि भए १०० वर्ष पुग्ने !

मंसिर २०, २०७८
म्यान्मार कू : सू कीलाई ४ वर्ष जेल सजाय, लगाइएका सबै आरोप पुष्टि भए १०० वर्ष पुग्ने !
तस्वीर स्रोत : Getty Images

म्यान्मारको एक अदालतले अपदस्थ नेत्री आङ सान सू कीलाई चार वर्षको कैद सजाय सोमवार सुनाएको छ । 

उनीविरुद्ध दंगा भड्काएको र कोभिड–१९ का नियमहरू तोडेको आरोपका आधारमा अदालतले कसूरदार ठहर गरेर सजाय सुनाएको हो ।

गत फेब्रुअरी महिनामा सेनाले कू गरेपछि नोबेल शान्ति पुरस्कार विजेता सू कीविरुद्धको यो पहिलो अदालती फैसला हो । 

७६ वर्षीया सू कीविरुद्ध विभिन्न आरोपहरू छन् । ती सबैलाई उनी कसूरदार ठहरिएमा १०० वर्षभन्दा बढीको कैद सजाय हुनेछ । उनले सबै आरोपहरूको खण्डन गरेकी छन् । 

सेनाले कू गर्नुअघि सू की म्यान्मारकी स्टेट काउन्सेलर तथा वस्तुगत नेत्री थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्