०४ असार २०८३, बिहीबार

कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

मंसिर २०, २०७८
कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए । 

उनले प्रदेशको ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउन सक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पारे । ‘प्रदेशको ८ वटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ,  यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिरको कुरा हो,’ उनले भने । 

प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको १/१ वटाको अधिवेशन हुन सकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्