×

NMB BANK
NIC ASIA

भरत शाह- जनताले पत्याए, कार्यकर्ताले पत्याएनन्

मंसिर २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवामा निकट नेता भरतकुमार शाह प्रदेशको पहिलो सभापति बन्ने सपना पूरा गर्न सकेनन् । 

Muktinath Bank

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा पराजित भए । संसदीय राजनीतिका चतुर खेलाडी शाहको लागि प्रदेश अधिवेशन बिर्सनलायक बन्यो । रूपन्देहीबाट तीन पटक निर्वाचित सांसद शाहलाई अन्तरपार्टीको निर्वाचनमा हार व्यहोर्नु पर्‍यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी २०५६, २०७० र २०७४ मा रूपन्देही क्षेत्र नम्बर ५ बाट सानदार मतका साथ प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने शाह एमालेका तत्कालीन युवा नेता स्वा. रामनाथ ढकालसँग झिनो मत अन्तरले पराजित भएका थिए । जनताले पत्याउने तर, कार्यकताले नपत्याउने नेता बन्न पुगेका छन् शाह । 


Advertisment
Nabil box
Kumari

देउवा गुटका ‘हेभीवेट’ नेता शाह संस्थापनइतर समूहका अम्बरसिंह पुनसँग ८५ मतले पराजित हुन पुगे । सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याउँदा शाहले ७६७ मत मात्र ल्याउन सके । 

Vianet communication
Laxmi Bank

२०२७ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा लागेका शाह आफ्नो जीत हुनेमा ढुक्क थिए । 

चुनाव जित्ने छवि बनाएका शाह केन्द्रीय सदस्य बन्ने तयारीमा थिए । तर, देउवा र गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा प्रदेश झरेका हुन् । 

१३ औं महाधिवेशनमा झिनो मत अन्तरले केन्द्रीय सदस्यमा शाह पराजित भएका थिए । शाहको हारले गृहमन्त्रीको आँगनमा संस्थापन इतरले बिगुल बजाएको छ । महामन्त्रीका दाबेदार गृहमन्त्री खाँण आफ्नै भूगोलमा कमजोर बन्दै गए । 

देउवा र खाँणसँगै पूर्व गृहराज्यमन्त्री तथा नवलपरासीको संस्थापन समूहका प्रभावशाली नेता देवेन्द्रराज कँडेलको पनि जोडबल रह्यो । 

केन्द्रीय राजनीतिमा छाएका उनी प्रदेश झर्दा जित्ने ढुक्क जस्तै थियो, कांग्रेसको संस्थापन पक्ष । उनी अहिले सार्वजनिक लेखा समितिका सभापति तथा पूर्व अर्थराज्यमन्त्री समेत थिए । 

कांग्रेस संस्थापन समूहका एक नेताले भने, ‘बाहिर गृहमन्त्रीसहित नेताहरूले शाहलाई अगाडि सारे पनि भित्रीरूपमा सहयोग थिएन । त्यही भएर पराजित भए ।’ 

शाहले आफ्नी श्रीमती अनिता ढुंगानालाई जिल्ला उपसभापति बनाएपछि एउटा समूह रूष्ट थियो । त्यहीकारण उनलाई रूपन्देहीको भोट क्रस हुँदा हार्न पुगेको ती नेताले बताए । 

साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो थियो । साविक राप्ती र भेरीमा देउवा समूह बलियो थियो । राप्ती, भेरी र रूपन्देहीको मतले जित निकाल्न सकेको कांग्रेस नेताहरू बताउँछन् । 

नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले निर्वाचनबाट आएको मत परिणामलाई सहज रुपमा स्वीकार गर्नुपर्ने बताउँछन् । ‘परिणाममा कोही दोषी हुन सक्दैन । समूहको प्रभाव पनि देखिएको हुन सक्छ । हारेपछि यसले दियो, उसले दिएन भन्नुको औचित्य हुँदैन ।’ 

पुनको प्यानलले जित निकाल्न उनकै समूहका रुपन्देहीबाट उपसभापतिका उम्मेदवार अष्टभुजा पाठक भने पराजित हुन पुगे । प्रदेश सांसदसमेत रहेका पाठकलाई फेरि आफ्नै समूहबाट घात भएको देखिन्छ । उनले आफू पराजित भएको सहर्ष स्वीकार गर्दै लाइन नछाड्ने बताए ।

‘लोकतान्त्रिक पद्धतिमा विजयी वा पराजय जे भए पनि सहर्ष स्वीकार गर्नुको विकल्प छैन,’ उनले भने ‘पार्टीभित्रका सबैलाई सम्मान छ । तर, ममाथि घात भएको छ ।’ 

रूपन्देहीमा कांग्रेसका पुराना कार्यकर्ताको रूपमा रहेका नेता हुन् पाठक ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x