×

NMB BANK
NIC ASIA

भारतले रुससँग गर्‍यो घातक राइफल बनाउने सम्झौता

मंसिर २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भारत र रुसबीच एके–२०३ राइफल बनाउनका लागि ५१ सय करोड भारुको रक्षा सम्झौता भएको छ । 

Muktinath Bank

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका बीच यस सम्झौतामा हस्ताक्षर भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसको एके–२०३ राइफल संसारको सबभन्दा घातक एके–४७ राइफलको नयाँ संस्करण हो । यस सम्झौताअन्तर्गत भारतीय सेना र अर्धसैनिक बलका लागि अमेठीमा रहेको कारखानामा ६ लाखवटा राइफल बनाइनेछ । 


Advertisment
Nabil box
Kumari

यी राइफलले भारतको स्वदेशी राइफल इन्सासलाई विस्थापित गर्नेछन् । 

Vianet communication
Laxmi Bank

इन्सास राइफलका कारण भारतीय सेनाले विभिन्न समस्या बेहोर्नुपरेको थियो । इन्सासमा जाम हुने, तीन राउन्डपछि राइफल अटोमेटिक मोडमा जाने अनि युद्धको समयमा राइफल चलाउनेको आँखामा तेल पर्ने समस्या हुन्थ्यो । 

सन् १९९९ मा कारगिल युद्धको बेलामा सैनिकहरूको इन्सास राइफल जाम भएर म्यागजिन भाँचिने समस्या देखिएको थियो । तापक्रम घट्दा यो समस्या झनै चर्कन्थ्यो । 

इन्सासमा समस्या भएकाले जवानहरू जम्मु कश्मीरमा आतंकवादीहरूलाई मार्नका लागि इन्सासको साटो एके–४७ वा अन्य राइफल प्रयोग गर्न थालेका थिए । जर्मनी र इजरयालबाट अटोमेटिक राइफल मगाइने गरेको थियो ।

एके–२०३ को म्यागजिनमा तीसवटा गोली हुन्छन् । यसले ४०० मिटरको दायरामा शतप्रतिशत सटीक आक्रमण गर्न सक्छ । इन्सासको तुलनामा यो हलुका र सानो हुन्छ ।

यस राइफलबाट एक मिनेटमा ६०० वटा गोली हान्न सकिन्छ । यसलाई अटोमेटिक र सेमीअटोमेटिक दुवै किसिमले प्रयोग गर्न सकिन्छ । यो कहिले पनि जाम हुँदैन । सबै किसिमका मौसममा यसलाई प्रयोग गर्न सकिन्छ । 

५० वटा जति देशका सेनाले एके–४७ प्रयोग गरिरहेका छन् । तीसभन्दा बढी देशले एके–२०३ राइफल बनाउने लाइसेन्स लिएका छन् । 

राइफल बनाउँदा अर्डिनेन्स फ्याक्ट्रीको ५०.५ प्रतिशत शेयर हुनेछ भने रस्को कम्पनीको ४९.०५ शेयर हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x