०५ असार २०८३, शुक्रबार

बैंकिङ कारोबारका लागि काठमाडौं महानगर र एनआईसी एसिया बैंकबीच सम्झौता

मंसिर २१, २०७८
बैंकिङ कारोबारका लागि काठमाडौं महानगर र एनआईसी एसिया बैंकबीच सम्झौता

बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सोमवार सम्झौता भएको छ ।

कामपाको ३२ वटै वडासहित राजस्व सङ्कलन हुने केन्द्र र समग्र बैंकिङ कामका लागि कामपाले प्रतिस्पर्धाको माध्यमबाट एनआईसीसँग सम्झौता गरेको हो । 

कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोमवार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम आगामी तीन महिनाभित्र कामपाका सबै वडा र राजस्व सङ्कलन केन्द्रमा बैंकले एउटै प्रकारका काउन्टर सञ्चालन गर्नेछ ।

वडा कार्यालयमा सम्भव नभए नजिकै भाडामा भए पनि काउन्टर खोल्नुपर्ने सम्झौतामा उल्लेख छ । कामपालाई सेवाग्राहीले बुझाउनुपर्ने सबै प्रकारका रकम सोझै बैंकमा जम्मा गरिने छ ।  

सम्झौतापछि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कामपाको आर्थिक कारोबार पूर्ण रुपमा बैंकमार्फत हुन थालेपछि वित्तीय सुशासन कायम हुने बताए।

 “अब सबै वडामा बैंकको शाखा हुनेछ,” उनले भने, “आर्थिक कारोबार अनलाइन प्रणालीबाट सञ्चालन हुनेछ ।”

बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले कामपासँगको  साझेदारी महत्वपूर्ण विषय भएको उल्लेख गरे । बैंकले महानगरको केन्द्रीय कार्यालयमा एटीएमको सुविधा प्रदान गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्