×

NMB BANK
NIC ASIA

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् ।

Muktinath Bank

नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका लागि अर्का प्रतिस्पर्धी ध्रुव थापा नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूलो व्यावसायिक घरानाको प्रतिनिधित्व गर्ने चौधरीको पक्षमा ठूला व्यवसायी छन् । थापालाई साना व्यवसायीको साथ छ । अहिले दुवै समूह चुनावी माहोल आफ्नो पक्षमा पार्न देश दौडाहामा छन् ।


Advertisment
Nabil box
Kumari

त्यसो त चौधरी र थापा दुवै सर्वसम्मतिका लागि आफूहरू तयार रहेको बताउँछन् । दुवै पक्षले चुनाव प्रचार÷प्रसारसँगै सर्वसम्मतिका लागि पनि छलफल चलाइरहेका छन् । हालका अध्यक्ष कृष्णप्रसाद दुलाल सर्वसम्मत नै निर्वाचित भएका थिए ।

Vianet communication
Laxmi Bank

खासगरी चौधरी आफ्नै नेटवर्क भएका अटो व्यवसायी पनि हुन् । उनलाई चुनावमा सुजुकी ब्राण्डले सहयोग गर्ने अवस्था छ । हाल नाडामा रहेका धेरै पदाधिकारीले पनि चौधरीलाई साथ दिने देखिएको छ । नाडाका सचिव अनुप बराल, महासचिव सुनिल रिजाल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरीलगायतले चौधरीको प्यानलबाट उठ्ने घोषणा गरिसकेका छन् । सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजनबाबु श्रेष्ठको समर्थन पनि चौधरीलाई छ । यामाहा, हिरो, आईएमई मोटर्सले पनि उनलाई सघाउने भएका छन् ।

यस्तै मोफसलबाट व्यवसाय गर्दै आएका अध्यक्षका अर्का दाबेदार ध्रुव थापालाई सानादेखि ठूला व्यवसायीको साथ र समर्थन छ । थापालाई हुन्डाईको आधिकारिक विक्रेता तथा लक्ष्मी ग्रूपका निर्देशक निराकार श्रेष्ठले समर्थन गरेका छन् । नाडाका उपाध्यक्ष आकाश गोल्छा पनि उनको प्यानलमा छन् । उनी नेपालका लागि फोर्ड मोटर्सका आधिकारिक विक्रेता समेत हुन् ।

यसैगरी नेपाल रिकन्डिसन एशोसिएशनका अध्यक्ष बीएन पाठक, सत्यदीप इन्टरनेसनलका दीपेन्द्र मिश्रा, पौडेल इन्टरप्राइजेजका राजन पौडेल पनि थापाको प्यानलमा समेटिएका छन् । थापालाई पोखराका अटो व्यवसायीको साथ र समर्थन छ ।

नाडाका ३ हजार ३ सय ६५ जना सदस्य छन् । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान २०७७ अनुसार आठ संस्थागत एशोसिएशनका अध्यक्षले केन्द्रीय कार्यसमितिमा स्वतः प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ ।

करण चौधरीको प्यानलका उम्मेदवार
अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, नीलमणि पाठक, वरदान बस्नेत, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, सुनिल रिजाल, राजनबाबु श्रेष्ठ, अभिक ज्योति र मिलनबाबु मल्ल, वर्ण न्यौपाने र देवराज भण्डारी

ध्रुव थापाको प्यानलका उम्मेदवार
आकाश गोल्छा, दीपक अग्रवाल, अमरज्योति रञ्जित, बीएन पाठक, कपिल शिवाकोटी, निराकार श्रेष्ठ, शुभाशिष थपलिया, यमुना श्रेष्ठ, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, ऋद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतान । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x