
गोर्खा ब्रुअरीले यो जाडो मौसमको लागि नेपालको पहिलो विन्टर वार्मर बियर “फायर मून” ल्याएको छ ।
यो विन्टर वार्मर बियर, नेपालको कठ्याङ्ग्रिने जाडोको लागि निकै नै उपयुक्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीले भनेको छ,'फायर मून एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने उत्कृष्ट बास्ना भएको मसलाहरुको स्वाद छ । '
हप्स, माल्ट र यिस्ट बाहेक यस विन्टर वार्मर बियरमा ल्वाङ्ग, सुकमेल, दालचिनी र अदुवा जस्ता शरीरलाई तातो बनाउने मसलाहरु छन् ।
अन्य बियरहरुभन्दा यो विन्टर वार्मर बियरलाई सहजै पिउन सकिन्छ र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिन्छ ।
यसको रङ्ग उत्कृष्ट छ र यो सुगन्धित मसलाहरुले भरिपूर्ण छ र यसले जाडो मौसममा न्यानो दिने काम गर्छ ।
५% एलकोहलका साथ फायर मून ३३० मि. लि. मा प्रति बोतल रू. १८० मा उपलब्ध छ ।
विन्टर वार्मर बियर पुल–अफ क्यापको साथ आउँछ, जसले गर्दा उपभोक्ताले सजिलै बोतल खोलेर जहाँ पनि स्वाद र सुगन्धको अनुपम मिश्रण भएको स्पाईस्ड–अप बियरको मजा लिन सकिने कम्पनीको दावी छ।