×

NMB BANK
NIC ASIA

म्यान्मार सेनाले भारतका विद्रोही समूहहरूलाई दियो आश्रय

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

म्यान्मार सेनाले भारतको उत्तरपूर्वी क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई म्यान्मारमा क्याम्प राख्ने अनुमति दिएको छ । 

Muktinath Bank

ती विद्रोहीहरूले म्यान्मारमा सैन्य तालिम लिइरहेका छन् अनि चिनियाँ हतियारको बलमा मणिपुर र नागाल्यान्डमा हिंस्रक आक्रमण गराइरहेका छन् । भारतमा सक्रिय उग्रवादी संगठनहरूले म्यान्मार सेनाको गुनको पैंचो तिर्न म्यान्मारमा लोकतन्त्रसमर्थक मानिसहरूमाथि आक्रमण गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले म्यान्मारको सेनालाई सैन्य हतियारका साथै मानवीय सहायता पनि उपलब्ध गराइरहेको छ । तैपनि म्यान्मार सेनाले भारतको उत्तरपूर्वका उग्रवादीहरूलाई सहायता गरिरहेको छ । यसले भारतलाई ढाडमा चक्कु हानेको अनुभव भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, उग्रवादी समूहहरूले नोभेम्बर १३ मा मणिपुरमा गरेको हिंस्रक आक्रमणले म्यान्मार र भारतबीचको सम्बन्धलाई पुनः बहसमा ल्याएको छ । 

Vianet communication
Laxmi Bank

उक्त आक्रमणमा असम राइफल्सका एक अधिकारीसहित सातजनाको मृत्यु भएको थियो । 

असम राइफल्समाथिको आक्रमण मणिपुरको पिपुल्स लिबरेसन आर्मी र मणिपुर नागा पिपुल्स फ्रन्टको उग्रवादीहरूले मिलेर गरेका थिए । यी दुवै गुटको क्याम्प म्यान्मारको सीमाभित्र छ । आक्रमणपछि उग्रवादीहरू म्यान्मार सीमातर्फ भागेका थिए । 

भारत र म्यान्मारबीच १६ सय किलोमिटर लामो सीमा छ । त्यहाँ अनेकौं डाँडाकाँडा र दुर्गम क्षेत्रहरू छन् । उग्रवादीहरूलाई भारतमा आक्रमण गरेर म्यान्मारतर्फ भाग्न सजिलो छ । 

नागाल्यान्ड, मणिपुर र असमका उग्रवादीहरू विगत कैयौं वर्षदेखि म्यान्मारको सगाइङ क्षेत्रमा बस्दै आएका छन् । उनीहरू भारतमा आक्रमण गरेर त्यतैतिर भाग्छन् । सन् २०१९ मा म्यान्मार सेनाले तागामा सफाइ अभियान चलाएर उग्रवादीहरूमाथि कारवाही गरेको थियो । तर उनीहरूलाई अहिले म्यान्मारले आश्रय दिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x