०४ असार २०८३, बिहीबार

खुर्सानीको आइसक्रीम बनाइएपछि मानिसहरूले ठोके टाउको (भिडियो)

मंसिर २१, २०७८
खुर्सानीको आइसक्रीम बनाइएपछि मानिसहरूले ठोके टाउको (भिडियो)

सामाजिक सञ्जालमा अनेकौैं किसिमका भिडियोहरू भाइरल भइरहेका हुन्छन् । 

हिजोआज अनौठो खानेकुराको भिडियोहरू भाइरल हुन थालेका छन् । 

यसैक्रममा एकजनाले खुर्सानी हालेर आइसक्रीम रोल बनाएका छन् । 

स्पून्स अफ इन्दोर २.० नामक यूट्युब च्यानलमा अप्लोड गरिएको भिडियोमा अनौठो आइसक्रीम बनाएको देखिन्छ । सडक किनारमा खाना बनाउने व्यक्तिले खुर्सानीलाई सानो टुक्रा बनाउँछन् । त्यसपछि खुर्सानी, मिल्क क्रीम र न्युट्रेलालाई उनी मिसाउँछन् । 

अनि छिटो हात चलाएर उनले आइसक्रीम तयार पार्छन् । त्यसलाई रोलको आकार दिन्छन् । अनि त्यही आइसक्रीम रोललाई उनले खुर्सानीकै साथ गार्निश गर्छन् । 

खुर्सानी हालेको पनि कहीँ आइसक्रीम हुन्छ भन्दै मानिसहरूले ठोक्दै रमाइला कमेन्ट गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्