१७ असार २०८३, बुधबार
कांग्रेस महाधिवेशन

कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक सानेपामा जारी, पदाधिकारी थप्ने प्रस्ताव आउँदै

मंसिर २३, २०७८
कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक सानेपामा जारी, पदाधिकारी थप्ने प्रस्ताव आउँदै
फाइल तस्वीर

नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठक शुरू भएको छ । 

पार्टी केन्द्रीय कार्यायल सानेपामा बिहीवार दिउँसो बसिरहेको बैठकले महाधिवेशनका केही प्रक्रियागत निर्णय गर्नेछ । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित छैनन् । विधान संशोधनमार्फत पदाधिकारीको संख्या थप गर्ने प्रस्ताव ल्याउने तयारी भएको भन्दै पौडेलले बैठकमा आउन नसक्ने जानकारी गराएका थिए ।

हालसम्म महाधिवेशनका केही प्रक्रियागत विषयमा निर्णय गर्ने सामान्य एजेण्डा रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । कांग्रेसको चौधौं महाधिवेशन मंसिर २४ गते शुक्रवारदेखि काठमाडौंमा शुरू हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्