×

NMB BANK
NIC ASIA

माओवादीलाई पनि अधिवेशनको चटारो– प्रदेश १ को नेतृत्व लिन ३ आकांक्षी

मंसिर २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशमा मंसिर २५ गते प्रदेश अधिवेशन गर्दैछ । प्रदेश १ मा तीनजना आकांक्षी देखिएका छन् ।

Muktinath Bank

सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षका आकांक्षी देखिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पटक–पटक माओवादी फुट्दा समेत साथ दिएका प्रदेश अध्यक्ष समेत रहेका राईले सहमतिका लागि प्रयास गरेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

उनले अहिले नै उम्मेदवारी घोषणा नगरे पनि बहुमत प्रतिनिधिहरूले उठ्न भन्न थालेको बताएका छन् । 

Vianet communication
Laxmi Bank

उदयपुरबाट संघीय सांसद जितेका राईको जनाधार समेत राम्रो रहेकाले उनलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी रहेको माओवादीकै नेताहरू बताउँछन् ।

पाटीभित्र संकट आउँदा प्रचण्डलाई साथ दिएका कारण उनलाई अध्यक्ष बनाउनका लागि प्रचण्ड नै लागेको उनी निकट स्रोतले जनाएको छ । 

जिल्ला कमिटी नै नरहेकाले आकांक्षी समेत धेरै देखिएको उनले बताएका छन् । 

युवाहरूमा लोकप्रिय मानिएका युवा नेता आङ्बो नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता समेत हुन् । प्रदेश १ को राजनीतिक खेलाडीका रूपमा समेत उनलाई चिन्ने गरिन्छ ।

उनलाई गठबन्धन तथा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले चाणक्य भनेर समेत चिन्ने गरेका छन् । संसदभित्र अध्ययनशील नेताका रूपमा समेत उनलाई चिन्ने गरिएको छ । 

माओवादी फुट्दा मोहन वैद्यतिर लागेका उनी बादल निकटका मानिन्थे । बादल एमालेमा गए पनि उनी भने माओवादीमै बसेका थिए ।

केन्द्रीय सदस्य तथा पाँचथरका इञ्चार्ज रहेका आङ्बोले प्रदेशको पदाधिकारीका लागि यसअघि नै बल गरेका थिए । उनले केही समयअघि प्रचण्डलाई भेटेरै आफू अध्यक्षमा उठ्ने बताएका थिए । 

त्यतिबेला प्रचण्डले हाँसेर टारेको स्रोतको दाबी छ ।

वर्तामान सचिव समेत रहेका हेमराज भण्डारीले पनि अध्यक्षको कार्ड फालिरहेका छन् । धनकुटाका भण्डारी संविधान सभा सदस्य समेत हुन् । 

वैचारिक बहसमा खरो रूपमा उत्रिन सक्ने भण्डारीको कार्यकर्तामा पकड भने कमजोर रहेको माओवादीकै नेता बताउँछन् । 

माओवादीबाट जितेका जनप्रतिनिधिलाई समेत रोक्न नसकेको आरोप उनीमाथि छ । धनकुटामा माओवादी कमजोर बन्दा अध्यक्ष प्रचण्ड पनि उनीसँग त्यति खुसी नरहेको बताइन्छ ।

प्रदेश अधिवेशनमा माओवादीले पार्टीले अहिलेसम्म गरेका काम तथा राजनैतिक र सांगठनिक विषयवस्तु समेटिएको डकुमेन्ट्री पनि प्रस्तुत गर्ने तयारी गरेको छ । 

त्यसका लागि नेताहरू राम कार्की र सुरेश अधिकारी तयारीमा जुटेका छन् । पार्टी अध्यक्ष प्रचण्ड सर्वसम्मतरूपमा प्रदेशको नेतृत्व चुनिनुपर्ने पक्षमा छन् ।

तर, सहमतिको सम्भावना कमजोर देखिएको छ । प्रदेश १ मा १ हजार १ सय ५० प्रतिनिधि सहभागी हुने बुझिएको छ । 

मोरङको विराटचोकमा हुने प्रदेश अधिवेशनको उद्घाटन प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने माओवादीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x