०४ असार २०८३, बिहीबार

दाङमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

मंसिर २३, २०७८
दाङमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ । 

कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करीब १८ हजार जनाले स्वास्थ्य बीमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । 

नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । आगामी असारसम्म जिल्लाका साढे २ लाख नागरिकलाई बीमामा आवद्ध गराउने लक्ष्य छ । 

३ हजार ५०० रुपैयाँ तिरेर बीमा गरेपछि वर्षभरमा १ लाख रुपैयाँसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य ७०० रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँसम्मको बीमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्