२२ जेठ २०८३, शुक्रबार

घरमा क्रिस्चियन बुहारी भित्र्याउँदै लालू यादव, लामो बहसपछि सहमत

मंसिर २३, २०७८
घरमा क्रिस्चियन बुहारी भित्र्याउँदै लालू यादव, लामो बहसपछि सहमत

भारतका चर्चित नेता लालू यादवले छोरा तेजस्वी यादवको विवाह गरेर क्रिस्चियन बुहारी भित्र्याउने भएका छन् ।

छोरा तेजस्वीले क्रिस्चियन बुहारीसँग ‘लभ चक्कर’ चलाएको थाहा पाएर आक्रोशित भएका लालू अन्ततः छोराको रोजाइमा सहमत भएका छन् ।

क्रिस्चियन बुहारी भित्र्याउन लालू मात्रै होइन, उनको परिवारका कोही सहमत थिएनन् । तर तेजस्वीको जिद्दीसामु कसैको केही नचलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तेजस्वीकी प्रेमिका एलेक्सिस एयर होस्टेज हुन् । उनी राजधानी नयाँदिल्लीको वसन्तबिहारमा बस्ने गरेकी समाचारमा उल्लेख छ । एलेक्सिसका बुवा चण्डीगढको स्कूलमा प्रधानाध्यापक रहिसकेका छन् । तेजस्वी र एलेक्सिसबीच ६ वर्षदेखि दिल्लीमा पटक–पटक भेटघाट हुने गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्