३१ जेठ २०८३, आइतबार

थप २११ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

मंसिर २३, २०७८
थप २११ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ९ हजार ४५१ जनामा परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना निको भएर थप ३२९ जना डिस्चार्ज भएका छन् । बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।

कोरोनाले थप २ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ५४९ पुगेको मन्त्रालयले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्