२२ जेठ २०८३, शुक्रबार

सामसङ वासिङ मेसिनहरूमा जाडो यामको छुट योजना

मंसिर २३, २०७८
सामसङ वासिङ मेसिनहरूमा जाडो यामको छुट योजना

सामसङ नेपालले यस जाडो यामलाई लक्षित गर्दै आफ्ना आधुनिक वासिङ मेसिन मोडेलहरुमा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । 

यो योजना मंसिर १२ देखि पौष मसान्तसम्म वा स्टक रहुन्जेलसम्मको लागि लागू हुनेछ । 

यो योजना मार्फत ग्राहकहरुले चुनिएका वासिङ मेसिनहरुमा १७ ५ सम्मको छुट प्राप्त गर्न सकिनेछ । 

यस योजनाद्वारा सामसङ नेपालले नेपाली ग्राहकलाई जाडो याममा वासिङ मेसिनको प्रयोग गर्न तथा हालै भएको पुरानो वासिङ मेसिनलाई एआई कन्ट्रोलयुक्त वाशिंग मेसिनसंग अपग्रेड गर्न प्रोत्साहन गरेको छ । 

यस योजनामा प्रदान गरिएका वासिङ मेसिनहरु नविनतम प्रविधि , जस्तै ए आई  कन्ट्रोल, इको बबल र हाइजिन् स्टीम प्रविधि छन् ।

यस अफरमा अरु प्राविधिका वासिङ्ग मेसिन जस्तै वासर ड्रायर र सेमी अटोमेटिक वासिङ्ग मेसिनहरु पनि उपलब्ध छन् । 

सामसङको नया प्राविधिक वासिङ्ग मेसिनका इको बबल प्रविधिले कठिन भन्दा कठिन दागहरु हटाउछ र हाइजिन् स्टीमले ९९.९ प्रतिशत किटाणुहरु मार्ने दावी गरेको छ । योजनामा समाबेस भएका केही वासिङ्ग मेसिनमा एड वाश सुविधा छ जसले मेसिनमा हाल्न छुटेका कपडाहरू धोइरहेको समयमै राख्न मिल्छ ।

यस विशेषताले समय, पानी र ऊर्जा बचत गर्दछ ।

सामसङ नेपालले ग्राहकहरुलाई जाडो याममा लुगा धुन सजिलो होस् भनि यो योजनाको साथ आशा गरेको छ ।सामसङ वासिङ्ग मेसिनहरुमा १ वर्षको पूर्ण वारेन्टी र डिआइटि कम्प्रेसरमा १० वर्षको वारेन्टी हुनाको साथसाथै भिडिइद्वारा गरिएको परीक्षणमा २३ वर्षको दीर्घकालीन टिकाउपना रहेको कम्पनीले जनाएको छ । 

वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले निःशुल्क जडान सेवाको फाइदा पाउनेछन् ।

यो अफर सामसङको आधिकारिक शोरुमहरुमा र सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार मातहतका नेपालभर रहेका आधिकारिक विक्रेता मार्फत लागू गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्