०७ असार २०८३, आइतबार

कांग्रेसलाई व्यक्ति केन्द्रित होइन, पार्टी केन्द्रित गराएर अगाडि बढाउनुपर्छ : नेता सिटौला

मंसिर २३, २०७८
कांग्रेसलाई व्यक्ति केन्द्रित होइन, पार्टी केन्द्रित गराएर अगाडि बढाउनुपर्छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई ईमान्दारिताको वाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताए ।

‘पार्टीभित्र आमएकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रित होइन पार्टी केन्द्रित गराएर अगाडि बढाउनुपर्छ,’ उनले भने ।

राजनीति आफ्ना लागि होइन, जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ थियो । 

नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औं महाधिवेशनमा स्थापित गराएर छाड्ने बताए । ‘अभाव, संकट र दुःखमा साथ दिने साथीहरूका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य एवं खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईं लगायतले समयसापेक्ष विचार अगाडि बढाउन सकेमात्र कांग्रेस अगाडि बढ्न सक्ने बताए । उनीहरूले पार्टीको १४औं महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेका थिए ।

१ नम्बर प्रदेशका नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औं महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्