०९ असार २०८३, मंगलबार

बालबालिकालाई पुस ४ गतेदेखि कोरोना विरुद्धको मोडेर्ना खोप

मंसिर २४, २०७८
बालबालिकालाई पुस ४ गतेदेखि कोरोना विरुद्धको मोडेर्ना खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षसम्मका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ ।

हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने विभागले जानकारी दिएको छ ।

यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइनेछ । स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करीब १८ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने लक्ष्य राखिएको छ ।

विभागका अनुसार हिमाली जिल्लाको हकमा १०० भन्दा बढी र अन्य जिल्लाको हकमा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाइको छ । सोही मापदण्डअनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडेर्ना खोप दिइने जनाइएको छ । यो अभियान पुस १४ गतेमा सञ्चालन हुनेछ ।

यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने जनाइएको छ । जसअनुसार यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रूपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्