२२ जेठ २०८३, शुक्रबार

बस्तीमा जंगली हात्तीको आतंकले स्थानीय त्रसित

मंसिर २४, २०७८
बस्तीमा जंगली हात्तीको आतंकले स्थानीय त्रसित

झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ ।

बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका वासिन्दा त्रसित हुन पुगेका छन् ।

रातिपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पा लगायतका बस्तीमा दिनहुँजसो आतंक मच्चाउँदै आएको छ ।

बुधवार मात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।

दिनुहुँजसो हात्तीले बस्तीमा आतंक मच्चाउँदै आएपछि स्थानीयले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पुर्‍याउँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्