३० जेठ २०८३, शनिबार

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

मंसिर २४, २०७८
नाडाको अध्यक्षमा ध्रुव थापा विजयी

अटोमोबाइल व्यवसायीको संस्था नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा भने करण चौधरीको समूहका बहुसंख्यक प्रत्यासी विजयी भएका छन् । 

थापा ६६ मत अन्तरले विजयी भएका हुन् । पोखरामा आधारित भएर फोर्स ब्राण्डका गाडि बिक्री गर्दै थापाले चुनाव जितेका हुन् ।

यद्यपि १७ जना कार्यसमिति सदस्य पदमध्ये १२ जना चौधरी समूहबाट र ५ जना थापा समूहबाट निर्वाचित भएका छन् ।

चौधरी समूहबाट विजयी हुने कार्यसमिति सदस्यमा मिलनबाबु मल्ल, अनुप बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, गोपाल भट्टराई, निलमणि पाठक, बरदान बस्नेत, पंकज अग्रवाल विजयी भएका छन् । 

थापाको समूहबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्