
जनकपुरधाममा आयोजित विवाह पञ्चमी महोत्सवमा जगदम्बा स्टिलअन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ ।
विवाह पञ्चमीमा आएका श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।
शिविरमार्फत भक्तजन तथा दर्शनार्थीहरूका लागि निःशुल्क जलपानको व्यवस्था गरिएको थियो ।
‘धार्मिक तथा सांस्कृतिकरुपमा विशेष महत्त्व बोकेको यस पर्वमा पाल्नुहुने समस्त भक्तजनहरुको निःस्वार्थ सेवाका साथै सांस्कृतिक प्रवद्र्धनमा समेत टेवा पुर्याउने उद्देश्यका साथ हामी महोत्सवमा सहभागी भएका हौँ । यसरी हजारौँ मानिसको सेवा गर्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ,’ कम्पनीले भनेको छ ।
जनकपुरधाममा हरेक वर्ष रामसीताको स्वयंभरको सम्झनामा विवाह पञ्चमी पर्व मनाउने परम्परा छ ।