२७ जेठ २०८३, बुधबार

नेपाली बजारमा एम.जी. हेक्टर, शुरूआती मूल्य ५९.९९ लाख

मंसिर २४, २०७८
नेपाली बजारमा एम.जी. हेक्टर, शुरूआती मूल्य ५९.९९ लाख

नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहु–प्रतिक्षित हेक्टर एसयूभी सार्वजनिक गरेको छ ।

उक्त कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुको साथै ग्राहकहरूलाई गाडी को चाबी हस्तान्तरण पनि गरिएको थियो । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९.९९ लाख र हेक्टर सीभीटिको मूल्य रु.६४.९९ लाख रहेको छ ।

‘सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलैबाट प्रशंसित छ । एसयूभी क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ । 

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी समेत गरिएको छ । भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरशिपहरुमा उपलब्ध छ । यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयूभीहरुको लो–स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा रहेको कम्पनीले जनाएको छ ।

‘एम.जी. हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयूभी हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ,’ कम्पनीले भनेको छ, ‘यसको नयाँ गेम–चेन्जर मोडलले एसयूभी लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट् एसयूभी हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्नेछ ।’

कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र पारामाउन्ट मोटर्स प्रा.लि. बीच सहकार्य पनि भएको बताइएको छ । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एउटा हिस्सा अन्तर्गत पारामाउन्टले जोन्टा क्लब अफ काठमाडौंलाई १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

जोन्टा क्लब अफ काठमाडौंले यो सहयोग रकमलाई घरेलु हिंसा, कार्य–स्थलमा हुने हिंसा/सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाह विरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै सचेतना अभियान सञ्चालन गर्न प्रयोग गर्ने बताइएको छ । 

सोही दिन आयोजित सम्झौता ज्ञापन–पत्र हस्ताक्षर समारोहमा पारामाउन्ट मोटर्सले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाज्यूलाई नगद १० लाखको चेक हस्तान्तरण गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्