
विक्की कौशल र कटरिना कैफ विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले बिहीवार राजस्थानको सवाई माधोपुरस्थित होटल सिक्स सेन्स फोर्टमा विवाह गरेका हुन् ।
दिउँसो ३ बजे हिन्दू परम्पराअनुसार उनीहरूको विवाह भएको हो । अवेर राति यी दुई जनाले विवाहको तस्वीरहरू सार्वजनिक गरेका छन् ।
विक्की र कटरिनाको विवाहको निकै चर्चा भयो । उनीहरूले आफ्नो विवाहमा तस्वीर र भिडियो लिन मनाही गरेका थिए । यसैबीच उनीहरूले आफैं तस्वीर शेयर गरेपछि अहिले सो तस्वीरहरू भाइरल भइरहेको छ । 



