
नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा शुरू भएको छ । भृकुटीमण्डपमा विशेष समारोहका बीच शुक्रवार सभापति शेरबहादुर देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।
महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत विभिन्न दलका नेताहरूकाे उपस्थिति छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको कांग्रेसले जनाएको छ । ओली भने अहिलेसम्म पुगेका छैनन् ।