२४ जेठ २०८३, आइतबार

नेपालका राजनीतिक दलको जस्तो संस्कार दुनियाँमा कतै छैन- भाजपा नेता वर्द्धन

मंसिर २४, २०७८
नेपालका राजनीतिक दलको जस्तो संस्कार दुनियाँमा कतै छैन- भाजपा नेता वर्द्धन

भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले नेपालको राजनीतिक पार्टीको जस्तो संस्कार दुनियाँमा कतै नभएको बताएका छन् ।

शुक्रवारबाट शुरू भएको कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिक दलबाट अन्य देशले प्रेरणा लिनुपर्ने बताएका हुन् । 

‘एउटा पार्टीको महाधिवेशनमा शुभकामना दिन सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ,’ उनले भने, ‘यो अन्य देशमा हुँदैन, एकदमै नौलो हो, अन्य देशका राजनीतिक पार्टीहरूले पनि प्रेरणा लिनुपर्छ ।’

यस्तै नेपाल–भारतको सम्बन्ध एकदमै मजबुत भएको उनले बताए । ‘नेपाललाई दुःख पर्दा जति कष्ट हुन्छ, त्यो भन्दा बढी भारतीय जनतालाई दुख्छ,’ उनले भने, ‘नेपालमा आएको महाभूकम्पका बेला हाम्रो प्रधानमन्त्री निकै चिन्तित हुनुभयो ।’

भारतले नेपाललाई दुःखमा जहिल्यै साथ दिइरहेको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्